Logo
१७ कार्तिक २०८१, शनिबार
(September 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वामदेवलाई मनोनित गर्ने निर्णय, असोज ५ गतेदेखि लामो दूरीको यातायात र आन्तरिक उडान

नेकपा नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने संघीय सरकारले निर्णय गरेको छ । भने असोज ५ गतेदेखि लामो दूरीको यातायात र आन्तरिक उडान खुला गर्ने निर्णय पनि गरेको छ ।

संघीय सरकारले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेको छ। २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम वर्दियाबाट पराजित भएका थिए।

पटक पटकको प्रयासपछि गौतम राष्ट्रियसभाको सदस्य बन्न सफल भएका हुन्। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गौतमलाई सत्तारुढ नेकपाको निर्णयअनुसार राष्ट्रियसभाको रिक्त एक सीटमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरको हो।

सरकारले राष्ट्रियसभामा मनोनित गर्ने बाँकी दुई सिटमध्ये रामनारायण बिडारी र विमाल पौडेल रहेका छन्। एक मन्त्रीका अनुसार बैठकले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा पुनः नियुक्ति गर्ने निर्णय भने गरेन।

यस्तै सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पाएका छन्।

यसैबीच असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो ।

सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो ।

 

 

प्रकाशित मिति: Sep 14, 2020

प्रतिक्रिया दिनुहोस्