थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु, कुल मृतक संख्या ३६५ पुग्यो
नेपालमा गएको २४ घन्टाभित्र थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै कुल मृतक संख्या ३ सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज मृत्यु हुनेहरुमा ५ महिला र १० पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यो अहिलेसम्म २४ घन्टाभित्र मृत्यु भएको सर्वाधिक संख्या हो ।आज थपिएकासँगै कुल मृत्यु हुनेहरुको संख्या २ सय ६० पुरुष र १ सय महिला पुगेको छ ।