आज मन्त्रिपरिषदको बठैक बस्दै, विद्युत प्राधिकरणमा कुलमान रहने नरहने टुंगो लगाउने
मन्त्रिपरिषदको बैठक आज सोमबार साँझ पाँच बजे बस्दै छ ।
आजको बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबारे टुंगो लगाइने बुझिएको छ ।
आज उनैलाई पुनः नियुक्ति दिने या नदिनेबारे टुंगो लाग्नेछ । प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएको छ ।
कुलमानको समय सकिएपछि मात्र क्याबिनेट डाकिनुलाई अर्थपूर्ण मानिएको छ । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली उनको निरन्तरताको पक्षमा छैनन् ।
उनी अर्को व्यक्तिलाई कार्यकारी निर्देशक बनाउने पक्षमा छन् । आज ठाडो निर्णयबाट प्रधानमन्त्रीले कार्यकारी निर्देशक बनाउनसक्ने चर्चा पनि छ ।
प्रक्रियामा गएर प्रतिष्पर्धाबाट बनाउने गरी हाललाई कायममुकायम अरु कसैलाई दिने सम्भावना पनि छ । यसैगरी, बामदेव गौतमबारे पनि आज टुंगो लाग्नेछ ।
गौतमलाई राष्ट्रियसभामा लान राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय हुने बुझिएको छ