स्थायी कमिटीका निर्णय कार्यान्वयनमा ल्याउन ओली–प्रचण्डबीच संवादमा
प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा स्थायी कमिटी बैठकका निर्णयहरु कार्यान्वयनबारे छलफल हुने बताइएको छ।
गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले नेकपाभित्र जारी विवादलाई समाधान गर्दै पार्टीको आगामी कार्ययोजना तयार पारेको थियो।
स्थायी कमिटी बैठकले एउटा अध्यक्षले पुरै कार्यकाल सरकार चलाउने अर्का अध्यक्षले पार्टीको सम्पुर्ण काम गर्ने, चैतमा महाधिवेशन गर्ने, संघीय र प्रदेश मन्त्रिपरिषद पुनर्गठन गर्ने लगायतका निर्णय गरेको थियो।