Logo
६ आश्विन २०८१, आईतबार
(September 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालापानी,लिम्पियाधुरा सहितका भु-भागमा जनगणना नहुने संकेत

तस्बिर सै. साझा कथा

सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा,सहितको भुभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपनि देशभर गर्न लागेको राष्ट्रिय जनगणना त्यस ठाउँमा भने नहुने संकेत देखिएको छ ।

केन्द्रीय तथ्यांक विभागले असुरक्षाको कारण देखाउँदै ती ठाउँमा पुग्न अनिच्छा देखाउन खोजेको हो ।

तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठ नेपालको भूभागभित्र जनगणना लिने आफ्नो विभागको जिम्मेवारी भएपनि सुरक्षाको कारणले अप्ठ्यारो रहेको बताउछन ।

अहिले त्यहाँ स्थानीय निकायको उपस्थिति नरहेको र भारतीय सुरक्षाफैजको घेरबन्दीमा त्यो भूमी रहेकाले सरकारी स्तरबाटै द्वन्द्व कम भएममात्रै यसपाली जनगणना हुनेछ । अन्यथा त्यहाँ पुग्नै कठिन हुने उनको भनाई छ ।

२०१८ सालमा जनगणना सम्पन्न गराउने भैरव रिजालहरु भने अहिले पनि जिवितै छन् । त्यसबेला जनगणना गर्न कुनै सम्झौताले नरोकेको भैरव रिसाल बताउछन् । उनका अनुसार २०७८ मा जनगणना हुनैपर्छ । कर्तव्य पूरा नगरे कर्मचारीहरुलाई कानुनी कारबाही सरकारले अबिलम्ब गर्नुपर्छ ।

प्रकाशित मिति: Sep 13, 2020

प्रतिक्रिया दिनुहोस्