Logo
६ आश्विन २०८१, आईतबार
(September 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछिल्लो २४ घन्टामा नेपालमा १०३९ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घन्टामा नेपालमा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ११७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३८ हजार ६९७ उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ छ। ९ हजार १६५ सय जनाको आज पिसिआर परीक्षण भएको छ।

प्रकाशित मिति: Sep 13, 2020

प्रतिक्रिया दिनुहोस्