Logo
६ आश्विन २०८१, आईतबार
(September 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यका भित्रने नाकाहरुमा जाँचपास कमजोर !

काठमाडौं उपत्यकामा दिनदिनै कोरोना संक्रमणको दर बढ्दै गए पनि उपत्यका भित्रिने नाकामा चेकजाँच कमजोर बन्दै गएको छ ।

चार महिना लामो लकडाउनको अन्त्य भएपछि जारी भएको निषेधाज्ञा २२ औँ दिनपछि केही खुकुलो भएको छ । यता नाकामा पनि चेकजाँच फितलो बन्दै गएको छ । विगतभन्दा निषेधाज्ञापछि केही कडाइ गरिएको चेकजाँच निषेधाज्ञा खुकुलो भएसँगै फितलो बन्दै गएको हो ।

शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ३१ जना संक्रमित थपिएको हो। तीमध्ये काठमाडौंका ३ सय ७७ जना, ललितपुरका ३७ जना र भक्तपुरका १७ जना छन्।

प्रहरीले अहिले अत्यावश्यक मालबाहक सवारी मात्रै उपत्यका भित्रिन दिइरहेको छ । खाद्यान्न, तरकारी र फलफूल, दूध, दुग्धजन्य पदार्थ बोकेका सवारी र मासुजन्य सामग्री बोकेका सवारी मात्रै भित्रिन दिए पनि चेकजाँच फितलो देखिएको छ । शनिबार नागढुंगा नाका भएर भित्रिने सवारी प्रहरीले चेकजाँच गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड नै पालना नगरेको पाइयो ।

उपत्यका भित्रिने सवारी चालकका कागजपत्र चेकजाँच गर्दा सामाजिक दूरी नै कायम नगरेको पाइएको हो । चेकजाँचमा खटिएका सुरक्षाकर्मीले मन लागे कागजपत्र हेर्ने र मन नलागे नहेरी पठाउने गरिएको दृश्य नागढुंगा नाकामा देखिन्थ्यो ।

उता, साँगा नाकामा सवारीको चाप कम देखिए पनि चेकजाँचमा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाइएको पाइँदैन ।

प्रकाशित मिति: Sep 12, 2020

प्रतिक्रिया दिनुहोस्