Logo
१३ मंसिर २०८१, बिहीबार
(September 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीनबीच ५ बुँदे सहमति

पछिल्लो समयमा सीमाको विषयलाई लिएर भारत र चीनबीच तनाब सृजना भइरहेको अवस्थामा उक्त सीमा क्षेत्रको तनाव कम गर्न भारत र चीनबीच पाँच बुँदे सहमति भएको छ ।

भारतीय विदेश मन्त्री एस जयशंकर र चिनियाँ विदेश मन्त्री वांग यीबीच रुसको मस्कोमा भएको भेटवार्तामा पाँच बुँदे सहमति भएको खबरमा उल्लेख छ ।

लद्दाखको भारत-चीन वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भइरहेको तनाव कम गर्न पाँच बुँदे सहमति भएको बीबीसीले जनाएको छ ।

बैठकमा भारतका विदेश मन्त्री जयशंकरले एलएसीमा जारी तनाव थप बढाउने पक्षमा भारत नरहेको र चीनसँगको भारत नीतिमा पनि कुनै परिवर्तन नरहेको बताएको बीबीसीले जनाएको छ ।

बैठकमा भएका सहमतिहरु भने सार्वजनिक गरेका छैनन् । चिनियाँ विदेश मन्त्रालयले पनि दुई देश छिमेकी भएको नाताले केही मुद्दामा असहमति हुनु स्वभाविक रहेको तर त्यसलाई सही ढंगले समाधान गरिनुपर्ने पक्षमा चीन रहेको बताएको छ ।

सीमा क्षेत्रमा गोली नचलाउने सहमति भए पनि गएको हप्ता सीमा क्षेत्रमा गोली समेत चलेको खबरहरु सार्वजनिक भएका थिए ।

प्रकाशित मिति: Sep 11, 2020

प्रतिक्रिया दिनुहोस्