पाटन अस्पतालमा उपचाररत ६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
ललितपुरको पाटन अस्पतालमा उपचाररत ६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
काठमाडौं निवासी ६३ वर्षीय पुरुष भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए र उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार संक्रमित ती पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो ।
उनमा कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्य समस्या थियो कि थिएन भन्नेबारे स्वास्थ्य कार्यालयले खुलाएको छैन ।