Logo
१७ कार्तिक २०८१, शनिबार
(September 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा स्थायी कमिटी बैठक आज बस्ने निणर्य, कार्यविभाजन देखि एमसीसीसम्म छलफल हुने

नेकपाको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दै छ।

लामो समयदेखि स्थगित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटि बैठक आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ।

आन्तरिक विवादका कारण पटक-पटक बस्दै र स्थगीत हुँदै आएको थियो । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको समस्या समाधान सुझाव कार्यदलले प्रस्तुत गरेको सुझाव प्रतिवेदनलाई सुधार गरी प्रस्तुत गरेका छन् ।

कार्यदलको प्रतिवेदन बुझेपछि दुई अध्यक्षले तयार पारेको सहमितको खाका आजको स्थायी कमिटि बैठकमा छलफलका लागि पेश हुने छ।

पछिल्लो सहमति अनुसार ओलीले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने र दाहाल पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा रहने भएका छन्।

१३ साउनमा स्थगित भई आजका लागि डाकिएको बैठकमा १५ वटा बुँदागत एजेन्डामा छलफल हुने भएको छ । जसमा पार्टीमा कार्यविभाजन देखि एमसीसीसम्मका विषय छन् ।

बैठकमा पार्टीको पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठनात्मक क्षेत्र, एकताको राष्ट्रिय अधिवेशन, सरकारको कामका सम्बन्धमा, संसदीय दलको भुमिकालाई प्रभावकारी बनाउने, प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाउने, नेपालको सीमा समस्या र समाधान, कोभिड १९ को महामारीको राकथाम, प्राकृतिक प्रकोप, शान्ति प्रक्रियाको बाँकी काम, प्रतिष्ठानहरुको व्यवस्थापन र एमसीसीबारे छलफल हुने भएको छ
बैठकको एजेन्डा सबै स्थायी कमिटी सदस्यहरुको हातमा पुगिसकेको छ ।

सबैलाई लिखित सुझाव लिएर प्रस्तुत हुन भनेकाले बैठक सकेसम्म आजै टुंगाउने गरी तय भएको छ  ।यो सहमतिमा पार्टीको माधवकुमार नेपाल समूहले आलोचनात्मक टिप्पणी जनाउने बताइएको छ।

नेपाल समूहले दुई अध्यक्षबीच मात्रै भएका सहमतिले निकास नदिने भन्दै पार्टीलाई विधि र विधानका आधारमा अगाडि बढाउनुपर्ने माग गर्दै आएको छ।

 

प्रकाशित मिति: Sep 11, 2020

प्रतिक्रिया दिनुहोस्