दशैंको मुखमा यी हुन् मन्त्री बन्ने दौडमा रहेका नेताहरु
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय लामो समय खाली नराख्ने बिहिबार संकेत गरेसँगै दशैंको मुखमा मन्त्री बन्ने दौडमा रहेका नेताहरु नाम खुल्न थालेको छ ।
उनले बालुवाटारमा बिहिबार आफ्ना विश्वासपात्रमध्येबाट केहीलाई मन्त्री बनाउने तयारी गरेका बताएका हुन् । कानूनी त्वरबाट मन्त्री बन्न असक्षा मानिएका बामदेव गौतम भने उपप्रधानमन्त्री बन्ने आकांक्षाका साथ अगाडि सरेका छन् ।
उनले सिधै ओलीलाई बालुवाटारमा भेटी अर्थमन्त्रीको दाबी प्रस्तुत गरेका छन् । तर, ओलीले हुन्न भन्न नसकेपनि हुन्छ भनेका छैनन् । गौतम भने अर्थमन्त्री नपाए राष्ट्रिय सभा सांसद पनि नबस्ने तयारीमा छन् ।
महासचिव विष्णु पौडेल मन्त्री बन्न तयार छैनन् । उनले पार्टीकै जिम्मेवारी लिने सोच बनाएका छन् । तर, ओलीका विश्वासपात्र शंकर पोखरेल मन्त्री बन्ने सम्भावना बढेको छ ।
उनले प्रदेश ५ को मुख्यमन्त्री छाडेर अहिलेलाई छ महिना मन्त्री बन्नेबारे छलफल चलाएका छन् । ओलीले पनि पोखरेललाई सिंहदरबारमा प्रवेश गराउन खोजेका छन् ।
उनका लागि एउटा सिट राष्ट्रियसभा सदस्य खाली बनाउने सम्मको तयारी छ । माधव नेपाल समुहबाट सुरेन्द्र पाण्डेको सम्भावना बलियो छ ।
उनले अर्थमन्त्री ताकेका छन् । तर, ओली आफ्ना विश्वासपात्रबाट अर्थमन्त्री अन्यत्र पठाउने चाहना गरिरहेका छैनन् । सञ्चार मन्त्रालयमा पनि धेरैको दाबी छ ।
ओलीले सञ्चारमन्त्री बनाएर आफ्ना एकजना विश्वासपात्रलाई सरकारको प्रवक्ता बनाउन खोजेका छन् । भोलि नेकपा स्थायी कमिटी बैठक बसेर चाँडै टुंग्याउने तयारी समेत छ ।
त्यसपछि मन्त्रीमण्डल पुर्नगठनको सम्भावना बलियो छ । दशैंको मुखमा नयाँ मन्त्री बन्ने दाउमा धेरै नेताहरु छन् । मन्त्री बन्ने दौडमा भीम रावल, पम्फा भुषाल, जर्नादन शर्मा, टोपबहादु रायमाझी, महेश बस्नेत, किसनलाल श्रेष्ठलगायतका ठुलो संख्यामा नेताहरुको दौड चलेको छ ।
ओलीले मन्त्रिमण्डल पुर्नगठन तत्काल नहुने भनेका छन् । तर, दशैंको मुखमा पुर्नगठन हुँदा केही हेरफेर समेत हुने अवस्था छ । कार्यसम्पादन हेरेर राख्ने र हटाउने बारे ओलीले आन्तकि बैठकमा छलफल चलाएका छन् ।