Logo
१० मंसिर २०८१, सोमबार
(September 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा अहिलेसम्म २४ हजार जनाको स्वाब संकलन, ६ जनाको मृत्यु

प्रदेश १ स्थित सुनसरीमा अहिलेसम्म २४ हजार जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ । जसमध्ये १ हजार ३२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

संक्रमित मध्ये ६ सय ९ जना विभिन्न आइसोलेसनमा रहँदा ४ सय १७ जना निको भएका छन् । सुनसरीमा ६ जनाको मृत्यु भएको प्रशासनले जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जिल्लामा कोभिड–१९ को अवस्था नियन्त्रण भित्रै रहेको दावी गरेकाछन् । संक्रमित थपिएपनि निको हुनेको संख्या समेत बढ्दै गएकाले कोरोना भाइरसको अवस्था जिल्लामा भयावह भने नरहेको पोखरेलको भनाई छ ।

प्रशासनले एउटै वडामा एकसाथ ठुलो संख्यामा संक्रमित देखिएकाले तत्कालको लागि इनरुवाको वडा नम्बर ५ सिल गर्नु परेको जनाएको छ ।

प्रजिअ पोखरेलका अनुसार सुनसरीको भोक्राहामा एक सय वेडको क्वारेन्टिन जिल्ला प्रशासन कार्यालय मातहत संचालनमा रहेको छ ।

त्यसैगरी प्रदेश सरकारको सहयोगमा रामानन्द सेवा पिठ चतरामा एक सय वेड, अस्थायी कोभिड अस्पताल धरानमा १ सय ५० वेडको आइसोलेसन, नयाँ बसपार्क इनरुवामा प्रहरीका लागि २५ वेडको आइसोलेसन संचालनमा रहेको सुनसरी प्रशासनले जनाएको छ ।

त्यसैगरी प्रशासनले दिएको जानकारी अनुसार हरियाली पार्क धरानमा ५० वेड, राष्ट्रिय वाणिज्य बैंक दुहवी गोदाममा २ सय वेड, इटहरी रंगशालामा २ सय वेड, कृषि तालिम केन्द रामधुनी ५० वेड, गढदेव सामूदायिक भवन गढी ५० वेड र भगवती मावि इनरुवाको ५० बेड तयार पारिएको छ ।

इनरुवा र इटहरीको आइसोलेसन संचालनको अन्तिम तयारीमा रहेको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: Sep 8, 2020

प्रतिक्रिया दिनुहोस्