Logo
१७ कार्तिक २०८१, शनिबार
(September 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगञ्जमा उपचाररत बाराका ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

वीरगञ्जमा उपचाररत बाराका एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ।

महागढिमाई नगरपालिका १० गन्जभवनीपुर टोलका ६० वर्षका पुरुषको सोमबार राति मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

मधुमेहको समस्या समेत रहेको उनको उपचारको क्रममा सोमबार राति १० बजे मृत्यु भएको चौरसियाले बताए।

उनको स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि गत भदौ १४ गते नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा भर्ना भएका थिए ।

गत भदौ १४ गते ती पुरुषको स्वाब संकलन गरी परीक्षण गरिएकोमा सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

प्रकाशित मिति: Sep 8, 2020

प्रतिक्रिया दिनुहोस्