Logo
१७ कार्तिक २०८१, शनिबार
(September 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु

प्रदेश १ को विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका-१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान सवा ३ बजेतिर मृत्यु भएको कोभिड १९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जनाएका छन् ।

 

उच्च रक्तचापको समस्या र श्वासप्रश्वासमा कठिनाई भएपछि उपचारका लागि शनिबार पुरुष केन्द्रमा भर्ना भएका थिए।

बस्नेतका अनुसार भदौ ११ गने संक्रमण पुष्टि भएका वृद्ध १० दिन ‘होम आइसोलेशन’ मा बसेका थिए।हालसम्म विराटनगर महानगरपालिकाभित्र १५ जनाको कोरोनाबाट संक्रमणबाट मृत्यु भइसकेको छ।

 

प्रकाशित मिति: Sep 7, 2020

प्रतिक्रिया दिनुहोस्