Logo
१० पुस २०८१, बुधबार
(September 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजामती सेवा दिवसमा पुरस्कृत हुने यी हुन् ४० कर्मचारी

कोरोना महामारीका बीच १७ औँ निजामती सेवा दिवसमा ४० जना कर्मचारी पुरस्कृत गरिएको छ । यद्यपि यस वर्ष पनि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कुनै कर्मचारीले पाएका छैनन् ।

निजामती दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने परम्परा अनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
निजामती सेवा पुरस्कारका लागि नाम सिफारिस गर्न सबै मन्त्रालय, आयोग लगायत केन्द्रीय निकायलाई आह्वान गरिएकोमा कूल १८३ जना कर्मचारीहरूको नाम सिफारिस भई आएका थिए ।

यस वर्षको निजामती सेवा दिवसको मूल नारा स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन रहेको छ । नारा छनौटका लागि सार्वजनिक सूचना जारी गरिएकोमा ८२ वटा नारा प्राप्त भएका थिए ।

प्राप्त जानकारी अनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना कर्मचारीहरूमा जनकराज दाहाल, सुशील कुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, डिलाराम पन्थी, सुरतकुमार बम, टामलाल पाण्डे, सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा रहेका छन् ।

त्यसैगरी ३० जना कर्मचारीलाई निजामती पुरस्कारले पुरस्कृत गरिएको छ । निजामती कर्मचारीबाट पुरस्कृत हुने रघुराम विष्ट, कुवेर नेपाली, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, रोशनी देवी कार्की, अञ्जनकुमार मिश्र, डा. वीरेन्द्रकुमार मिश्र, बाबुराज अधिकारी, टिकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे मञ्जु सिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य रहेका छन् ।

यसै गरी प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयाँल ती स्रोतले प्रशासनलाई बतायो ।
उत्कृष्ट कर्मचारीलाई जनही एक लाख रुपियाँ र सम्मान पत्र तथा निजामती पुरस्कार पाउनेले जनही ५० हजार नगद र सम्मान पत्र दिइँदै आइएको छ ।

पुरस्कार सिफारिस गर्दा विभागीय सजाय पाएको, कार्यसम्पादन मूल्याङ्कनमा शत प्रतिशत अंक प्राप्त नगर्ने, सर्वोत्कृष्टका लागि १५ वर्ष, उत्कृष्टका लागि १० वर्ष र निजामती सेवा पुरस्कारका लागि ५ वर्ष सेवा अवधि नपुगेको, व्यक्तिगत बेरुजु देखिएको, गयल कट्टीमा परेको र सम्पत्ति विवरण नबुझाएको कर्मचारी पुरस्कारका लागि योग्य नहुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी विस्तृत छानबिन भइरहेका र यसअघि निजामती सेवा पुरस्कार प्राप्त गरेका र विगत ३ वर्षभित्र नेपाल सरकारबाट विभूषण प्राप्त गरेका कर्मचारीलाई पनि समावेश नगरिएको पनि समावेश नगरिएको जनाइएको छ ।

प्रकाशित मिति: Sep 6, 2020

प्रतिक्रिया दिनुहोस्