Logo
६ आश्विन २०८१, आईतबार
(September 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निषेधाज्ञाका बिच रेलमार्ग ठेक्कामा अनियमितता भएको भन्दै माइतीघरमा प्रदर्शन

नेपाली कांग्रेसका युवा नेताहरुले काकडभिट्टा–इनरुवा रेलमार्ग ठेक्कामा अनियमितता भएको दाबी गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

उनीहरुले पूर्वतयारी बिना जग्गा मुआब्जाको व्यवस्थासमेत नगरेर सरकारले निर्माण व्यवसायीहरुसँगको मिलेमतोमा सीमित कम्पनीहरुले मात्र प्रतिस्पर्धा गराएर ठेक्का दिएको विरोधमा कालोपट्टीसहित विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले हचुवाका भरमा निर्माण व्यवसायीहरुसँगको मिलेमतोमा सीमित कम्पनीहरुले मात्र प्रतिस्पर्धा गर्ने मापदण्ड बनाएर ३३ अर्बको ठेक्कामा भागभण्डा गरी चरम संस्थागत र नीतिगत भ्रष्टाचार गरेकाले आफूहरु विरोध प्रदर्शनमा उत्रिएको युवा नेता रञ्जित कर्णले बताए ।

संविधानसभा सदस्य कर्णको नेतृत्वमा सुवाष पोख्रेल, डिल्लीराम सुवेदी, बनिता अधिकारी, शिव रिमाल, डम्वर सुनार, श्रीषी कोइराला, झल विक, बिष्णु खड्का, ई.भुवन भट्टलगायतका युवाहरु प्रदर्शनमा उपस्थित थिए ।

प्रकाशित मिति: Sep 6, 2020

प्रतिक्रिया दिनुहोस्