Logo
६ आश्विन २०८१, आईतबार
(September 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा मात्रै सक्रिय संक्रमितको संख्या ५ हजार पुग्यो, स्थीति भयावह !

काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५ हजार पुगेको छ ।।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबभन्दा बढी सक्रिय संक्रमित काठमाडौंमा रहेका हुन् ।

यही अवस्थामा संक्रमितको संख्या बढ्दै गए स्थीति भयावह हुने स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

संक्रिय बढेसँगै तत्काल निषेधाज्ञा खुल्ने छाटँकाट छैन् ।

सरकारले ५ सय बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्न सकिने जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ५ सय बढी सक्रिय संक्रमित भएका जिल्लाले निषेधाज्ञा जारी गर्न सक्ने जानकारी गराएका छन्।

साथै, २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरूले लकडाउन गर्न सक्ने भनिएको छ।

अहिले १२ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। जसमा काठमाडौं, ललितपुर, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, र रुपन्देही छन्।

त्यस्तै २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरू ६ वटा छन्। जसमा सिराहा, भक्तपुर, मकवानपुर, कपिल्वस्तु, दाङ र कैलाली छन्।

प्रकाशित मिति: Sep 2, 2020

प्रतिक्रिया दिनुहोस्