Logo
१८ पुस २०८१, बिहीबार
(August 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. भोला रिजाल र उनकी श्रीमतीलाई कोरोना संक्रमण, ह्याम्स अस्पतालमा भर्ना

वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डा.रिजाल आफैले उक्त कुरा सार्वजनिक गरेका छन् ।

श्रीमतीलाई ज्वरो आएपछि दुवै जनाले शनिबार परीक्षणका लागि नमुना दिएको डा. रिजालले बताए। आफूहरु दुवै जना ह्याम्स अस्पतालको आइसोलेसनमा भर्ना भएको उनले बताए।

उनले भने, ‘श्रीमतीलाई हल्का ज्वरो आएको थियो। हाम्रो एज फ्याक्टर र पास्ट हिस्ट्रीले गर्दा परीक्षण गरिहालौँ भनेर परीक्षण गरेका थियौँ। हामी दुवैको रिपोर्ट पोजेटिभ आएको छ। अहिले हामी दुवै जना अस्पतालमा भर्ना भइसकेको छौँ। स्वास्थ्यमा कुनै समस्या देखिएको छैन।’

प्रकाशित मिति: Aug 31, 2020

प्रतिक्रिया दिनुहोस्