मकवानपुरमा निषेधाज्ञा भदौ २५ गतेसम्मका लागि लम्ब्याउने निर्णय
बाग्मती प्रदेश स्थित मकवानपुर जिल्ला प्रशासन कार्यालयले जिल्ला भरमा लागु भइरहेको निषेधाज्ञा भदौ २५ गतेसम्मका लागि लम्ब्याएको छ।
जिल्ला कोरोना भाइरस संकट व्यवस्थापन (सीसिएमसी)को सिफारिसपछि निषेधाज्ञा लम्ब्याइएको हो।
मकवानपुरमा पछिल्लोपटक लागु गरिएको निषेधाज्ञा सोमबार राती १२ बजेदेखि सकिँदै थियो।स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० दुवै लागु गरि निषेधाज्ञा लम्ब्याइएको हो