Logo
६ आश्विन २०८१, आईतबार
(August 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोनाबाट एकैदिन १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

नेपालमा गत २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मृत्यु हुने संक्रमितमा ४ महिला र १० पुरुष गरी १४ जना रहेको मन्त्रालयले जानकारी दिएको हो। २४ घण्टाको अवधिमा मृत्यु हुनेको यो संख्या हालसम्मकै बढी हो।

पछिल्लो २४ घन्टामा नेपालमा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ३४८ महिला र ८७३ जना पुरुष गरी १२२१ जना संक्रमित भएको मन्त्रालयले जानकारी दिएको हो। २४ घण्टाको अवधिमा नेपालमा यति धेरै मानिसमा संक्रमण पुष्टि भएको यो पहिलोपटक हो।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५६१ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४२९ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

प्रकाशित मिति: Aug 30, 2020

प्रतिक्रिया दिनुहोस्