Logo
६ आश्विन २०८१, आईतबार
(August 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाले नेपालमा डरलाग्दो रुप लिर्दै, अहिलेसम्मकै उच्च एकैदिन १२२१ संक्रमित थपिए

कोरोना भाइरसका एक हजार २२१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार २२१ संक्रमित थपिएको जानकारी दिए ।

जसमा ३४८ महिला र ८७३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट २६७ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार ८२२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५४ प्रतिशत रहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ७१७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ८२ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ६१२ जना र होम आइसोलेसनमा ६ हजार ९०६ रहेका छन् । आजसम्म देशभर ७ हजार ७९७ जना क्‍वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १२ जना, प्रदेश ५ मा दुई जना र प्रदेश १ मा तीनजना भेन्टिलेटरमा रहेका छन् । देशभर १४४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।

प्रकाशित मिति: Aug 30, 2020

प्रतिक्रिया दिनुहोस्