Logo
१८ पुस २०८१, बिहीबार
(August 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हात्तीपाइले रोग के हो ? जान्नुहोस् यसको उपचार विधि

हत्तिपाइले रोग रेशा जस्ता किटाणु हरू Wuchereria bancrofti, Brugia malayi, र B. timori को सङ्क्रमण वाट यो रोग लाग्छ ।

क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीबीबाट सर्ने यो रोग शरीर कुनै एक भाग वा अंगमा लाग्ने र त्यो अङ्ग सुनिदै जाने भएकोले हात्तीपाइले रोग भनेर चिनिन्छ ।

यसको वयस्क परजीवी ८ देखि १० सेन्टिमिटरसम्म लामो हुन्छ । यो परजीवी र्‍याल ग्रन्थी (लिम्फ नोड) मा हुन्छ ।

यो एक पटक लागेपछि जीवनभर निको हुँदैन । मानिसको शरीरमा हात्तीपाइले रोगको परजीबी प्रवेश गर्नासाथ यो रोग देखापर्दैन । यो परजीबी करिव छवर्षसम्म मानिसको शरीरमा सुसुप्त अवस्थामा रहन्छन् ।

यो परजीबी शरीरमा रहे हात्तीपाइलेको औषधि सेवन गरेपछि कसै कसैलाई ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने, जस्ता सामान्य असर देखापर्नसक्छन् ।

फाइलेरिया परजीवीले लाखौंको संख्यामा उत्पादन गर्ने सूक्ष्म फाइलेरिया रगतमा पुगिरहेका हुन्छन । यी एकदेखि दुई वर्षसम्म जीवित रहन्छन् । राति लिम्फ नोडबाट निस्केर रगतमा पुग्छन् र दिउँसो निष्कृय भएर त्यहीँ जान्छन्

लक्षण


यो रोग लाग्दा तीव्र वा कामज्वरो आउन सक्छ । यसको असर कायम रहेका बेला जीउ वा टाउको दुख्ने, बान्ता हुने हुन्छ ।

ज्वरोको क्रम दुई र तीन दिनको अन्तरालमा हुन्छ । सुन्निएको ग्रन्थी ज्वरोको आक्रमणसँगै बढ्दै जान्छ । अण्डकोष सुन्निने (हाइड्रोसिल), खुट्टा हात्तीको जस्तै हुने, हात सुन्निने, योनीद्वार वा स्तन सुन्निने यसका लक्षण हुन् ।

रोगीहरूको पिसाब दूधजस्तै हुन्छ । पिसाबमा लिम्फ मिसिनाले यस्तो हुने गरेको हो । ट्रपिकल पल्मोनरी एस्नोफिलियासमेत हुन सक्छ ।

डब्लूएचओका अनुसार यस्तो स्थितिमा भने फोक्सो पनि सुन्निन्छ । अनि खोकी लाग्ने, दम बढ्ने र कहिलेकाहीँ खकारमा रगत देखिने हुन सक्छ । दम बढ्दा रोगी काम गर्न नसकेर हिँडडुल गर्न असमर्थ हुन सक्छ ।

-दम बढ्नु,
-नशाहरू सुन्निनु,
-शरीरमा कम्पन हुनु,
-गतमा इयोसिनोफिलिया देखिनु,
-हातगोडामा नीला धर्साहरू देखिनु,
-लामो समयसम्म सुख्खा खोकी लाग्नु
-महिलाको यौन अङ्ग तथा स्तन सुन्निनु वा दुख्नु,
-पुरूषहरूमा अण्कोष वरावरका नसाहरू फुल्नु र अण्डकोष वरिपरि पानी जम्नु,
-महिला वर्गमा स्तन दुख्नु र सुन्निनु

उपचार

जोसुकैलाई हुनसक्ने हात्तीपाइले रोगबाट बच्न वर्षको एकपटक पाँच वर्षसम्म सरकारद्वारा वितरित निःशुल्क चक्की खानुपर्ने ।

चक्कीले हात्तीपाइलेको उपचारसँगै पेटमा भएका अन्य जुकाको समेत सजिलै उपचार हुन्छ । यसको सेवनले असर नगरे पनि शरीरमा धेरै परजीवी छन् भने टाउको दुख्ने, वाकवाकी लाग्ने, अथवा पेट दुख्ने हुन सक्छ ।

यस क्रियाअन्तर्गत जुकानाशक एल्वेन्डाजोल एउटा र उमेर हेरी डाइथाइल कार्बामाजाइन चक्की एकदेखि तीन वटासम्म वर्षमा एकपटक खानुपर्छ ।

यो औषधि गर्भवती, एक सातासम्मका सुत्केरी, छारे रोग, मुटु रोग, मृगौला, जन्डिस, कलेजोका दीर्घ रोगीहरू, सिकिस्त बिरामी र दुई वर्ष नपुगेका बच्चाहरूबाहेक सबैले खान सकिन्छ ।

डब्लूएचओका अनुसार हात्तीपाइलेको औषधि ८३ राष्ट्रका करोडौं मानिसले सेवन गरे पनि हालसम्म कुनै साइड इफेक्ट देखिएको छैन । ( internet google)

प्रकाशित मिति: Aug 28, 2020

प्रतिक्रिया दिनुहोस्