Logo
१४ मंसिर २०८१, शुक्रबार
(August 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानका प्रधानमन्त्री आबेले खराब स्वास्थ्यका कारण राजीनामा दिँदै

जापानका प्रधानमन्त्री सिन्जो आबेले खराब स्वास्थ्यका कारण राजीनामा दिने तयारी गरेका छन्।

जापानका प्रधानमन्त्री सिन्जो आबेले खराब स्वास्थ्यका कारण  राजीनामा दिने तयारी गरेको जापानी सञ्चार माध्यमहरुले उल्लेख गरेका बिबिसीले जनाएको छ।

शुक्रबार दिउँसो देशबासीको नाममा सम्बोधन गर्दै आबेले राजीनामाको घोषणा गर्ने तयारी गरेको बताइएको छ।

पछिल्लो एक सातामा मात्रै उनको थुप्रै स्वास्थ्य परीक्षणहरु गरिएका थिए।६५ वर्षका उनी लामो समयदेखि बिरामी थिए। पछिल्लो समय उनको अवस्था झन् खराब हुँदै गएको छ।

गएको सोमबार उनले जापानको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेको रेकर्ड बनाएका थिए।

यसअघि पनि आबेले सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिएका थिए।

आबेले आफ्नो स्वास्थ्यका कारण सरकारलाई समस्या नपरोस् भन्ने चाहना राख्दै राजीनामा दिने तयारी गरेका हुन्। आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन्।

प्रकाशित मिति: Aug 28, 2020

प्रतिक्रिया दिनुहोस्