Logo
६ आश्विन २०८१, आईतबार
(August 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछिल्लो २४ घन्टामा नेपालमा थप ११११ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५२९ जना पुगेको छ।

देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

बिहीबार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २० हजार ७३ उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म १८० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति: Aug 27, 2020

प्रतिक्रिया दिनुहोस्