Logo
६ आश्विन २०८१, आईतबार
(August 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भदौ १७ पछि नियमित उडान भर्दै विमान कम्पनी, भाडा समेत घट्ने

लामोसमयदेखि बन्द रहेको हबाई क्षेत्र भदौ १७ देखि नियमित गर्ने सरकारको तयारी छ । नियमित उडान हुने भएपछि भाडादरमा केही हेरफेर बायुसेवा कम्पनीहरुले बताएका छन् । एकतर्फी मात्रै यात्रु हुने भएकाले चार्टर्ड उडानको तुलनामा धेरै नघटे पनि केही हेरफेर हुनसक्ने कम्पनीहरुले जनाए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ देखि नियमित दुई र एक चार्टर्ड उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ।

‘१७ गतेदेखि नियमित उडान भने पनि एकतर्फी मात्रै यात्रु हुन्छन्’, नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘अब एयरलाइन्सबीच प्रतिस्पर्धा भए पनि धेरै घट्ने सम्भावना छैन।’

उनले अहिले पनि एयरलाइन्सले धेरै भाडा नलिएको भन्दै आफ्नो खर्चअनुसार भाडा तय हुने बताइन्। दुईतर्फी यात्रु आवागमन हुनथाले स्वतः भाडा घट्दै जाने खड्काको भनाइ छ।

‘पहिलेजस्तो सामान्य अवस्थाकै भाडादर फर्किन त समय लाग्छ’, उनले भनिन्, ‘दुवैतर्फ यात्रु आउजाउ बढेपछि मात्रै पुरानो अवस्थामा फर्किन्छ।’

सरकारले उद्धार उडानको लागि गन्तव्यअनुसार अधिकतम भाडादर तोकेको छ। नियमित उडानमा भने एयरलाइन्सको प्रतिस्पर्धाले केही भाडादर घट्ने भएको हो।

प्रकाशित मिति: Aug 27, 2020

प्रतिक्रिया दिनुहोस्