विश्वमा कोरोना संक्रमित संख्या २ करोड ४३ लाख नाघ्यो, ८ लाख २९ हजार बढीको मृत्यु
कोरोना महामारी बर्तमान समयमा विश्वभरिनै फैलिरहेको अवस्थामा विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४३ लाख ३० हजार नाघेको छ ।
विश्वभर कोरोना संक्रमितको सेंख्या दुई करोड ४३ लाख ३० हजार सात सय १९ पुगे विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
त्यस्तै,विहिबार विहानसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख २९ हजार ६ सय १९ पुगेको छ भने कोरोना जित्नेको संख्या १ करोड ६८ लाख ७२ हजार चार सय ९७ नाघेको छ ।
त्यस्तै, आज विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ जनामा कोरोना पुष्टि भएको छ ।
हालसम्म १९ हजार ५ सय ४ जनाले कोरोना जितेका छन भने १ सय ७५ जनाको कोरोनाबाट मृत्यु भएको छ । बुधबार मात्रै नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित दोस्रोमा बाजिल र तेस्रो स्थानमा भारत रहेको छ।
नेपाालमा पनि पछिल्लो समयमा कोरोना संक्रमण दर ह्वातै बढीरहेको अवस्था छ ।