Logo
२० कार्तिक २०८१, मंगलबार
(August 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर कोरोनाबाट ११ जनाको ज्यान गयो, मृतक संख्या १७५ पुग्यो

नेपालमा पछिल्लो समयमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढीरहेको अवस्थामा आज एकै दिन ११ जनाको मृत्यु पुष्टि भएको छ ।

आज दुई महिला र नौं पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् । योसँगै कुल मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ ।

यो अहिलेसम्म एकै दिन दोस्रोपटक थपिएको सर्वाधिक मृतक संख्या हो । भदौमै यसअघि ११ जना मृतक संख्या थपिएका थिए ।

मृतकहरुमध्ये महोत्तरीमा सबैभन्दा बढी तीनजना छन् । मोरङ र भक्तपुरमा महिला एक एकजनाको मृत्यु भएको छ । मृतकहरुमा कैलाली र बाराका दुई दुई पुरुष, बाँके र काठमाडौंका एक एक पुरुष छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये एक सय ३५ पुरुष र ४० महिला छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् ।

प्रकाशित मिति: Aug 26, 2020

प्रतिक्रिया दिनुहोस्