Logo
१४ मंसिर २०८१, शुक्रबार
(August 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ३८ लाख नाघ्यो

विश्वभर अहिलेसम्म कोरोना सक्रमितको संख्या २ करोड ३८ लाख नाघेको ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ३८ लाख ७ सय ४३ पुगेको छ ।

त्यस्तै, आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ लाख १६ हजार ५ सय ३५ पुगेको छ भने कोरोना जित्नेको संख्या १ करोड ६३ लाख ४७ हजार ९ सय २३ नाघेको छ ।

अमेरिकामा मात्र १ लाख ८१ हजार ९७ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा १ लाख १५ हजार ४ सय ५१ जनाको ज्यान गएको छ ।

भारतमा ५८ हजार पाँच ४६ जनाले कोरोनाका कारण गुमाईसकेका छन् ।सोमबार भारतमा कोरोनाबाट आठ सय ५४ जनाले ज्यान गुमाए ।

आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म १ सय ५७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने १८ हजार आठ सय ६ जनाले कोरोना जितेका छन ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

प्रकाशित मिति: Aug 25, 2020

प्रतिक्रिया दिनुहोस्