Logo
२० कार्तिक २०८१, मंगलबार
(August 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली- प्रचण्ड छलफल सकियो, सचिवालय बैठक भदौ १३ मा बस्‍ने निणर्य

नेकपा सचिवालयको बैठक भदौ १३ गते बस्ने निणर्य भएको छ ।

आज बालुवाटारमा भएको नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा सचिवालय बैठक भदौ १३ गते बस्‍ने सहमति जुटेको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि दुई अध्यक्षबीच भएको दुई घण्टा लामो छलफलमा भदौ १३ गते ११ बजे पार्टी सचिवालयकोे बैठक बोलाउने सहमति भएको जानकारी दिए।

पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वको कार्यदलले शनिबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।  कार्यदलले बुझाएको प्रतिवेदनमाथि पनि ओली र प्रचण्डबीचको छलफलमा छलफल भएको थियो ।

प्रतिवेदन लाई दुई अध्यक्षले आवश्यकताअनुसार परिमार्जन गरेर प्रस्तावका रूपमा सचिवालयमा लैजाने, सचिवालयले अनुमोदन गरेपछि स्थायी कमिटीमा पेस गर्ने तयारी छ ।

स्थायी कमिटीको बैठक गत साउन १८ गतेदेखि अवरुद्ध रहँदै आएको छ ।

प्रकाशित मिति: Aug 25, 2020

प्रतिक्रिया दिनुहोस्