काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याइने
देशको संघीय राजधानी समेत रहेको काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याउन जिल्ला प्रशासनलाई सुझाव दिइएको छ। यसअघि भदौ ४ देखि लागू भएको निषेधाज्ञाको अवधि १० गते राति १२ बजेसम्म तोकिएको थियो।
उपत्यका नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले संक्रमणको अवस्था अझै कम नभएको निष्कर्ष निकाल्दै निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय गरेको हो।
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले निषेधाज्ञालाई केही समय थप गर्न जिल्ला प्रशासनलाई सुझाव दिँदै पिसिआर परीक्षणलाई बढाएर संक्रमणको स्थितिलाई नियन्त्रणमा लिने योजना बनाइएको बताए।