Logo
६ आश्विन २०८१, आईतबार
(August 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारीका बेला स्वास्थ्यकर्मी माथि भइरहेका दुर्वव्यवाहार बन्द गर्न आग्रह गरेको छ।

उपत्यकालगायत विभिन्न जिल्लामा चिकित्सकमाथि दुव्र्यवार भइरहेको घटना सार्वजनिक भएपछि आयोगको ध्यानाकर्षण भएको जनाएको हो।

‘जनस्वस्थ्य सङ्कटको वर्तमान अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरुलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरुमाथि नै अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् पक्ष हो, आयोगले भनेको छ,

‘अतः कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही नागरिकको जीवन रक्षाको लागि कार्य गर्ने स्वास्थ्यकर्मीहरुमाथि नैभएका यसप्रकारका दुव्र्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्ने प्रति सचेत हुन, उनीहरुप्रति सहयोग र सम्मानजनक व्यवहार गर्दै नागरिकको कर्तव्य पालना गर्न आयोग सम्बद्ध सबैलाई आग्रह गर्दछ।’

आयोगले यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ। ‘यस प्रकारका घटनाहरुको छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न समेत आयोग स्थानीय प्रशासनलाई आग्रह गर्दछ, सचिव वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: Aug 24, 2020

प्रतिक्रिया दिनुहोस्