भदौ १५ गतेसम्म उपत्यकामा रहेका स्थानीय तहका सबै सेवा बन्द
काठमाण्डौ उपत्यकामा रहेका सबै स्थानीय तहहरुको अगामी १५ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने भएको छ ।
उपत्यका रहेका सबै स्थानीय तहको अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने भएको हो । उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
उपत्याकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्नस निर्णय भएको फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।