काठमाडौंका २८० सहित ११ सय ४२ प्रहरीमा कोरोना संक्रमण
अहिलेको पछिल्लो समयमा नेपालमा कोरोना संक्रमित ह्वातै बढीरहेको अवस्थामा सुरक्षाका लागि खटिएका प्रहरीमा कोरोना संक्रमण बढ्दो देखिएको छ ।
दुई डीआईजीसहित नेपाल प्रहरीमा कुल कोरोना संक्रमितको संख्या ११ सय ४२ पुगेको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत २०१ र काठमाडौं उपत्यकाका ७९ जना सक्रिय संक्रमित छन् ।
कोरोना संक्रमित जसमध्ये ७४४ जना सक्रिय संक्रमित छन् । ३९८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १५३, प्रदेश २ मा १२६ , वाग्मती प्रदेशमा ५० , गण्डकीमा २८, प्रदेश ५ मा ७९ , कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा १२ जना सक्रिय संक्रमित छन् ।
देशका अन्य क्षेत्रमा भन्दा काठमाडौंमै कार्यरत प्रहरीमा संक्रमण बढी देखिएको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या झण्डै ३२ हजार पुगेको छ ।