नेकपाका अध्यक्षद्वय ओली-प्रचण्डबीच भेटवार्ता स्थगित
नेकपाको विवाद अझै समाधान हुन सकेको छैन सो नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच आज हुने भनेको भेटवार्ता स्थगित भएको छ ।
पौडेल संयोजकत्वको कार्यदलले नेपाल-भारत सीमा समस्याका लागि स्थायी कमिटीबाट विशेष प्रस्ताव पारित गर्न सुझाव दिएको थियो ।
महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि भेटवार्ता तय भए पनि अन्तिम समयमा स्थगित भएको बालुवाटर स्रोतले जनाएको छ ।
भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल, पम्फा भुसाल सदस्य रहेको कार्यदलले बुझाएको प्रतिवेदनमा पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि विभिन्न सुझाव दिइएको छ ।
अध्यक्षद्वयको छलफलमा सहमति जुटेपछि नेकपाले सचिवालय बैठक बोलाउने तयारी छ ।