अमेरिकाले दियो प्लाज्मा थेरापीलाई कोरोना संक्रमितको उपचामा अनुमति
अमेरिकाले कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापीको प्रयोग गर्न अनुमति दिएको छ ।
अमेरिकाको एफडिएले तत्कालका लागि प्लाज्मा थेरापीको प्रयोगका लागि आकश्मिक स्वीकृति दिएको हो ।
अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले अनुमति दिएको यो थेरापीमा कोरोनामुक्त भएका व्यक्तिमा बसेको एन्टीबडीको प्रयोग सो व्यक्तिको ब्लड प्लाज्मा मार्फत अरु संक्रमितको उपचारका लागि प्रयोग गरिन्छ ।
अमेरिकामा अहिलेसम्म ७० हजार भन्दा बढी मानिसमा प्लाज्मा थेरापीको प्रयोग भइसकेको छ । एक दिनअघि ट्रम्पले एफडिएले राजनीतिक कारणले खोप र थेरापीलाई रोकेको आरोप लगाएका थिए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले प्लाज्मा थेरापीको प्रयोगपछि कोभिड-१९ बाट हुने मृत्युमा ३५ प्रतिशतसम्मले कमी आउने बताएका छन् ।
अमेरिकामा अहिलेसम्म ५७ लाख एक हजार भन्दा बढीमा संक्रमण भएकोमा एक लाख ७६ हजार सात सय भन्दा बढीको मृत्यु भएको छ ।
कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी प्रभावित भएको देशमध्ये अमेरिका पहिलो स्थानमा पर्छ ।