Logo
६ आश्विन २०८१, आईतबार
(August 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपालका सुरक्षार्थ खटिएका नौ सुरक्षाकर्मीमा कोरोना संक्रमण

नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षार्थ खटिएका नौ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ। बिहीबार नेता नेपालको सचिवालय, परिवार र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको स्वाब संकलन गरिएको थियो। 

उनीहरुको शुक्रबार रिपोर्ट आएको हो। “सुरक्षाकर्मीहरुमा संक्रमण देखियो, तर बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ”, सचिवालयका एक सदस्यले भने। नेता नेपाल, उनको परिवार, प्रमुख स्वकीय सचिव मोहन गौतम लगायतको रिपोर्ट नेगेटिभ आएको छ। 

तर, सुरक्षार्थ खटिएका धेरैजसोमा संक्रमण देखिएकाले नेता नेपाल होम आइसोलेसनमा बस्ने भएका छन्। केही दिनका लागि भेटघाट समेत रोकिएको छ। 
यसअघि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव बिष्णुप्रसाद पौडेलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण भएको थियो। 

प्रकाशित मिति: Aug 22, 2020

प्रतिक्रिया दिनुहोस्