जान्नुहोस् भुतसँग विवाह गर्ने एउटा अनौठो परम्परा !
यो संसार विचित्र रहेको छ । यस संसारमा हरेक थरिका मानिसहरु बस्छन् र हरेक किसिमको व्यवहार गर्ने गर्छन् र उनिहरुको त्यही अनुसार परम्परा रीतिरिवाज हुने गर्छ ।
मानिसले विश्वमा बनाएका समाजहरु झन विचित्रका छन्। आज हामी तपाईसँग भूतसँग विवाह गर्ने परम्पराको बारेमा चर्चा गर्न गइरहेका छौं ।
सायद हामीलाई सुन्दा अच्चम लाग्छ भुत विवाह गछर्न् भनेर तर यस्तै अनौठो समाज मध्ये चीनमा परम्परागत अनुसार यदि कुनै परिवारमा अविवाहित पुरुषको मृत्यु भएमा त्यसलाई अशुभ मानिन्छ ।
त्यस्तो मरणलाई श्राप ठानिन्छ र मृत्यु भएको अविवाहित पुरुषलाई एक्लै अन्त्येष्टि नगरिने भएको हुनाले चीनको साङ्सी प्रान्तमा भूत विवाहको चलन रहेको छ ।
सरकारले गैरसरकारी परम्परा घोषित गरेको भएतापनि चिनियाँहरुले यस परम्परालाई लुकिछिपि गर्ने गरेको पाइएको छ । भूत विवाह गर्दा मृतक पुरुषका लागि ऊ जस्तै अविवाहित कुनै मृतक महिलाको खोजी गरिन्छ ।
जब अविवाहित मृतक महिलाको लास फेला पर्दछ, तब ती शवहरुबीच बिहे गराइन्छ र दुबै शवलाई सँगै गाडिने गरिन्छ ।
मृतक पुरुषसँग विवाह गराउनका लागि महिलाको चिहानबाट लास निकाल्ने वा महिलाको मृत्यु गरेको केहि घटना बाहिर आएपछि सरकारले यसलाई गैरसरकारी घोषणा गरेको हो ।
सन् २०१४ मा पूर्वी चीनमा प्रहरीले भूत विवाहमा संलग्न भएको भन्दै ११ जना मानिसलाई गिरफ्तार पनि गरेको थियो ।
अन्य ठाउँमा पनि परम्पराको नाममा धेरै यस्ता रुढीवादी मनाउदै आएतापनि सुन्दै अनौठो लाग्दो घोस्ट म्यारिज अर्थात भुत विवाह चीनको ग्रामीण भागमा विगत ३ वर्ष देखि चल्दै आएको छ ।
यो परम्पराका पछाडि मृतक अविवाहित पुरुषको आत्माले शान्ति पाओस् र उसलाई एक्लोपन महसूस नहोस् भन्ने कामना गर्नु नै हो ।
अहिले यहाँ अवैध रुपमा महिलाका लास खरीद बिक्री गर्ने धन्दा पनि निकै मौलाएको पाइन्छ ।एजेन्सी