कोरोनाबाट पाटन अस्पतालमा उपचाररत दुई जनाको मृत्यु
ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पाटनमा उपचार गराइरहेका दोलखाका ३० वर्षीय महिलाको उपचारकै क्रममा आज मृत्यु भएको छ । उनको भदौ २ गतेदेखि पाटनमा उपचार भइरहेको थियो ।
त्यस्तै सर्लाही मलंगवा निवासी ४६ वर्षका पुरुषको पनि आजै बिहान मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ ।