कोरोना महामारीबाट बचेर तीज मनाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिको सीमाभित्र रहेर तीज पर्व मनाउन आग्रह गरेका छन्।
यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विज्ञहरुको सल्लाह र सरकारको निर्देशन अनुरुप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका हुन्।
‘महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्त्व दिन म सबैमा विशेष अनुरोध गर्दछु’, प्रधानमन्त्रीले भनेका छन्, ‘तीजको हार्दिक शुभकामना!’
प्रधानमन्त्री ओलीले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था अहिले नरहेको पनि ट्विटमार्फत उल्लेख गरेका छन्।