भरतपुर अस्पतालमा उपचारत ६५ बर्षीय पुरूषको कोरोनाबाट मृत्यु
बाग्मती प्रदेश स्थित चितवनको भरतपुर अस्पतालमा उपचारत ६५ वर्षका पुरूषको कोरोनाबाट आज मृत्यु भएको हो ।
रत्ननगर नगरपालिका वडा नं। १३ का ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा आज बिहीबार मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी आईसीयूमा उपचाररत थिए । उनमा क्षयरोग, फोक्सोको समस्या लगायत दीर्घरोग रहेको भरतपुर अस्पतालले जनाएको छ ।
चितवनमा अहिलेसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । तीमध्ये ३ जना चितवनका हुन् भने एक जना कैलालीका हुन् ।