Logo
६ आश्विन २०८१, आईतबार
(August 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निषेधाज्ञामा अब प्रहरीले बैंकका कर्मचारीलाई नरोक्ने

कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैंकका कर्मचारीहरुलाई अब प्रहरीले नरोक्ने भएको छ । बिहीबारदेखि जारी निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय जान/आउन दिने आदेश भएको थियो ।

तर बिहीबार बिहानै प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेपछि बैंकहरु आक्रोशित बनेका थिए । प्रहरीले दुःख दिएको भन्दै नेपाल बैंकर्स संघले बैंकका शाखा कार्यालयहरु नै बिहीबार नखोल्न भनेको थियो । अब भने प्रहरीले बैंकको परिचयपत्र देखाएपछि नरोक्ने बताएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवले कार्यालय हिँडेका कर्मचारीलाई नरोक्न आदेश आएको जानकारी दिए । माथिबाटै अब नरोक्ने सर्कुलर आएकाले अब बैंकका कर्मचारीहरुलाई नरोकिने उनले बताए ।

उता नेपाल बैंकर्स संघले भने अहिले नै विश्वास गरी हाल्न अप्ठेरो परेको बताएको छ । हिजो पनि नरोक्ने भनेको तर आज रोकिएको भन्दै बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले लिखित रुपमै आए सजिलो हुने बताए ।

‘मौखित रुपमा त हिजो पनि आएकै हो, तर आज रोकियो, भोलि पनि यस्तै हुनेसक्छ’ उनले भने, ‘डिउटीमा खटिने प्रहरीसम्म सूचना नै नपुग्दा समस्या हुने हो, हामीले पनि कुरा गरिरहेका छौं, हेरौ सहज हुनेछ ।’

प्रकाशित मिति: Aug 20, 2020

प्रतिक्रिया दिनुहोस्