Logo
२० कार्तिक २०८१, मंगलबार
(August 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा मास्क नलगाउने १ लाख २० हजार जनालाई कारबाही गर्दा ५६ लाख संकलन

प्रदेश नं २ मा कोरोना संक्रमणको रोकथाम लागि मास्क लगाउन अनिवार्य बनाएको अवस्थामा मास्क नलगाई हिड्ने १ लाख २० हजार जना प्रहरीको कारबाहीमा परेका छन् ।

उक्त कारबाहीबाट ५६ लाख रुपैयाँ राजस्‍वसमेत संकलन भएको छ । कोरोना जोखिममा पनि मास्क नलगाई हिँड्ने प्रवृत्ति बढेपछि प्रहरीले लकडाउन अवधिमा यतिको संख्यामा कारबाही गरेको हो ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार लकडाउनको सुरुवाती समयमा प्रहरीले मास्क नलगाउनेलाई सम्झाइ-बुझाई गर्दै आएको थियो ।

तर जोखिम पनि बढ्दै जाने र मास्कसमेत नलगाउने प्रवृत्ति बढेपछि प्रहरीले आर्थिक कारबाहीसमेत गरेको उनले बताए ।

उनले मास्क नलगाउनेलाई गरिएको कारबाहीबाट ५६ लाख रुपैयाँ राजस्‍वसमेत संकलन भएको बताए । मास्क नलगाउनेबाट एक सय रुपैयाँ जरिवाना लिइएको

प्रदेश २ कोरोना संक्रमणको उच्च जोखिम क्षेत्रमा रुपमा देखिएको छ । डीआईजी सिंहले भने, “कोरोनाविरुद्धको लडाइँ साँझा हो । यसमा हामी स्वयं सबैभन्दा बढी जिम्मेवार बन्‍न जरुरी छ । यस्तो बेलामा स्वास्थ्य सतर्कता नअपनाउने हो भने जोखिममा पर्न सक्छौं ।”

डीआईजी सिंहका अनुसार मास्क नलगाउनेविरुद्ध प्रहरी सक्रिय भएपछि अहिले मास्क प्रयोग गर्नेको संख्या बढेको छ ।

प्रकाशित मिति: Aug 20, 2020

प्रतिक्रिया दिनुहोस्