Logo
६ आश्विन २०८१, आईतबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि (फोटोभिडियो)

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो ।

राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ः५५ बजे निवासमै निधन भएको थियो ।

  

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्