Logo
१९ पुस २०८१, शुक्रबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद सचिवालयले गर्‍यो सांसदको लोगो फिर्ता

सांसदहरुलाई वितरण गर्न बनाएको लोगो संसद सचिवालयले घरेलु कार्यालयलाई फिर्ता गरेको छ ।

सांसदहरुलाई वितरण गर्न बनाइएको लोगो त्रुटीपूर्ण भएको भन्दै आलोचना भएपछि संसद सचिवालयले घरेलु कार्यालयलाई फिर्ता गरेको हो ।

फेरि नयाँ लोगो बनाएर ल्याउन भन्दै संसद सचिवालयले बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई ती लोगोहरु फिर्ता पठाएको हो ।

मंगलबार सभाभुखसहित बसेको संसद सचिवालय र घरेलु कार्यालयका अधिकारीको बैठकले पुनः नयाँ लोगो बनाउने निर्णय गरेको थियो ।

सो निर्णयअनुसार मंगलबार नै १९० वटा लोगो फिर्ता लगिसकेको हस्तकला इकाइ अधिकृत गणेश राउतले जानकारी दिए । लोगो पुनः बनाउँदा लाग्ने खर्च हस्तकला इकाइ ललितपुरले नै व्यहोर्ने मौखिक कुराकानी भएको अधिकृत राउतले बताए ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्टममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको थियो ।

सो निर्णयअनुसार नयाँ लोगो बनाउने जिम्मा बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई दिइएको थियो । गत आइतबार उक्त लोगो संघीय संसदका महासचिव डा.भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहाललाई लोगो हस्तान्तरण गरेका थिए ।

उक्त लोगो सार्वजनिक भएपछि नेपालको नक्सा नमिलेको भन्दै आलोचना सुरु भएको थियो । लोगो डिजाइन गरेर दिने टेकबीर मुखियाले पनि आफ्नो कलामाथि घोर अन्याय भएको बताएका छन् ।

 

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्