Logo
१४ मंसिर २०८१, शुक्रबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मालीमा सैन्य ‘कू’प्रयास, राष्ट्रपति र प्रधानमन्त्री हिरासतमा

अफ्रिकी देश मालीका राष्ट्रपति इब्राहिम बोउबाकार केइताले राजीनामा दिएका छन्। मंगलबार सुरक्षाकर्मीले उनलाई सैन्य कूको प्रयासमा बन्धक बनाएका थिए ।त्यसपछि राष्ट्रपति केइताले राजीनामा दिएको मालीको सरकारी टेलिभिजनले जनाएको बिबिसीले उल्लेख गरेको छ ।

टेलिभिजन मार्फत गरेको सम्बोधनमा राष्ट्रपति केइताले सरकार तथा संसद भंग गरेको घोषणा पनि गरेका छन् । उनले भनेका छन्, ‘म सत्तामा रहिरहनका लागि रगत बगोस् भन्ने चाहन्नँ ।’

सैनिकले मंगलबार आदेश मान्न अस्वीकार गरी राष्ट्रपति, प्रधानमन्त्रीसहितलाई नियन्त्रणमा लिएको घटनाको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको छ ।

उनले टेलिभिजनमार्फत् सम्बोधन गरेको केही घण्टामै सेनाले राष्ट्रपति बुबाकार र प्रधानमन्त्री बोबु सिसेलाई हिरासतमा लिएको थियो ।

सेनाको यस विद्रोहको सुरुवात मंगलबार मालीको राजधानी बामाको नजिक एक सैनिक क्याम्पमा गोली चलेको आवाजसँगै सुरु भएको बताइएको छ ।

बामाकोभन्दा १५ किलोमिटर टाढा रहेको सैनिक क्याम्पमा असन्तुष्ट जुनियर अफिसरहरुले कमाण्डरहरुलाई हिरासतमा लिएका थिए । त्यसपछि उनीहरुले सैनिक क्याम्प कब्जा गरेका थिए ।

त्यसपछि युवा जमातले शहरका सरकारी भवनहरुमा आगजनी गरेका थिए । साथै राष्ट्रपतिको राजीनामा माग गर्दै उनीहरुले विरोध प्रदर्शन पनि गरे ।

मालीका सैनिकहरुमा जिहादी चरमपन्थीहरुसँग चल्दै आएको संघर्ष र आफ्नो तलब सुविधालाई लिएर लामो समयदेखि असन्तुष्टि छ ।

राष्ट्रपति बुबाकारले सन् २०१८ मा लगातार दोस्रो पटक चुनाव जितेका थिए । तर उनको शासनकालमा भ्रष्टाचार र साम्प्रदायिक हिंसा बढेको भन्दै आलोचित बन्यो । यही कारण मालीमा केही महिनायता विरोध प्रदर्शन चर्किंदै गएको थियो ।

त्यसपछि रुढीवादी इमाम महमुद डिकोको नेतृत्वमा एक नयाँ विपक्षी गठबन्धनको उदय भएको छ । यो गठबन्धनले नयाँ सुधार र मिलीजुली सरकारको माग गर्दै आएको छ ।

राष्ट्रपति इब्राहिम बोउबाकार केइता र प्रधानमन्त्री बोउबोउ सिसेसहित शीर्ष अधिकारीलाई सुरक्षाकर्मीले राजधानी बामाको नजिकै रहेको सैन्य क्याम्पमा बन्धक बनाएका हुन् ।

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्