Logo
१० मंसिर २०८१, सोमबार
(August 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नरसिंहका २२ वर्षीय यादबको हत्यापछि बोरामा हालेर शव खोलामा, मृतक युवकको धेरै युवतीसँग सम्बन्ध

प्रदेश १ स्थित सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ सुनसरी खोलामा साउन ३१ गते विभत्स अवस्थामा भेटिएका व्यक्तिको हत्या भएको प्रहरीले निष्कर्श निकालेको छ।

स्थानीय २२ वर्षीय गुणराज यादबको शव ५० केजीको ढुंगा हालिएको बोराभित्र भेटिएको थियो। प्रहरीले दिनेश महतो, पप्पु राम, दिपक यादब, प्रदिप राम, शिवकुमार मेहता र दिनेश मेहतालाई पक्राउ गरेको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरिएको सुनसरी प्रमुख एसपी कमल थापाले जानकारी दिए।

उनीहरुले गुणराजको संवेदनशील अङ्गमा प्रहार गरेर घाँटी कसी हत्या गरेको प्रहरीको दावी छ। त्यसपछि शवको ब्यवस्थापन गर्न हात र खुट्टा बाँकेर बोरामा हालिएको र खोलामा नदेखियोस् भनेर बोरामा ५० केजीको ढुङ्गा पनि राखिएको प्रहरीको प्रारम्भिक निष्कर्श छ।

मृतक गुणराज साउन २९ गतेदेखि बेपत्ता थिए। मोबाइल पसलमा काम छ भन्दै त्यस दिन दिउँसो २ बजे साथी शिवकुमार मेहतासँग उनि इनरुवा बजार जान्छु भन्दै हिँडेका थिए।

प्रहरीका अनुसार स्थानीय पारिजात स्कुल नजिकै दुवै जनाले रक्सी सेवन गरेका थिए। त्यसपछि गुणराजलाई शिवले इन्द्रजित यादबको घर पुर्‍याएर फर्किएका थिए।

इन्द्रजितको घरमा केही समय बसेर घर जान्छु भन्दै हिँडेका गुणराज बेपत्ता भएका थिए। प्रहरीका अनुसार इन्द्रजितको घरबाट तीन सय मिटर नजिकै रहेको घन्सिबारीमा लुकेर बसेका शिवकुमारसहित पाँच जनाले गुणराजको हत्या गरेका हुन्।

साउन ३० गते स्थानीय किसानले आफ्नो धान बारीमा रगत देखेपछि प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानमा खटिएका प्रहरीका अनुसार गाउँका धेरै युवतीसँग गुणराजको प्रेम सम्बन्धका कारण उनको हत्या भएको हो।

‘मृतक युवकको धेरै युवतीसँग सम्बन्ध देखिन्छ। उनले सम्बन्ध बनाएका युवतीमध्ये हत्या आरोपीका कोही छोरी, कोही प्रेमिका, कोहि बहिनीलगायत पर्छन्’, प्रारम्भिक अनुसन्धानको निष्कर्शबारे ती अनुसन्धान अधिकारी भन्छन्।

प्रकाशित मिति: Aug 18, 2020

प्रतिक्रिया दिनुहोस्