Logo
६ आश्विन २०८१, आईतबार
(August 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली–देउवा–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के-के भयो कुराकानी ?

प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाबीच आज बालुवाटारमा भेटवार्ता भएको छ ।

संवैधानिक अंगहरुमा खाली रहेका पदमा नियुक्तिका लागि छलफल अगाडि बढाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेस सहमत भएका छन् ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक राख्न प्रस्ताव गरेका थिए । ‘यसबारे छलफल गर्ने भन्ने भएको छ’ भेटमा सहभागी कांग्रेस नेता रमेश लेखकले अनलाइनखबरसँग भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक अंगका केही पदमा पदपूर्ति हुन सकेको छैन ।

भेटमा कांग्रेस नेताहरुले कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण र बाढी पहिरोमा सरकारले प्रभावकारी नभएको समेत बताएका छन् ।

प्रकाशित मिति: Aug 17, 2020

प्रतिक्रिया दिनुहोस्