Logo
६ आश्विन २०८१, आईतबार
(August 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा कोरोना संक्रमितको संख्या दुईहजार नजिक, आज १७२ जना थपिए

काठमाडौं उपत्यकामा आइतबार १७२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

आजको सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १९६७ पुगेको छ। काठमाडौंमा १५६७, ललितपुरमा २६८ र भक्तपुरमा १३२ संक्रमित पुष्टि भएका छन्।

आज देशभर ६४१ जना कोरोना संक्रमित थपिएका छन् भने १३४ जना संक्रमित डिस्चार्ज भएको डा गौतमले जानकारी दिए।

प्रकाशित मिति: Aug 16, 2020

प्रतिक्रिया दिनुहोस्