Logo
६ आश्विन २०८१, आईतबार
(August 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्नः गृहमन्त्री बादल

गृहमन्त्री रामबहादुर थापा बादलले भारतबाट हुने अवैध आवागमनलाई नियन्त्रण गर्ने प्रयास भइरहेको बताएका छन् ।

गृहमन्त्री बादलले सरकारले सीमाबाट लुकीछिपी आउनेलाई नियन्त्रणको प्रयास भइरहेको बताएका हुन् । कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि भन्दै सरकारले भारतबाट आउनेलाई कडाई गर्दै आइरहेको छ ।

सरकारले भारतबाट नेपाल प्रवेश गर्ने नाका १० वटा मात्रै खुल्ला गरेको छ । यसअघि २० वटा नाका खोलेको सरकारले भारतमा कोरोना संक्रमितको संख्या बढिरहेकाले थप कडाई गर्ने निर्णय गरेको हो ।

‘धेरै हदसम्म नियन्त्रण गरेको छ, तर केही मात्रामा लुकीछिपी आउने काम भइरहेको छ । यसलाई पूर्ण बन्द गर्ने हाम्रो प्रयास जारी छ’, आइतबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै गृहमन्त्री बादलले भने ।

त्यस्तै गृहमन्त्री बादलले कोरोना संक्रमणबाट जोगिन नागरिक सचेत हुनुपर्ने बताएका छन् । उनले सरकारले मात्र गरेर कोरोना नियन्त्रण नहुने भएकाले नागरिक सजग हुनुपर्ने बताए ।

‘नागरिकको सचेतताले मात्रै कोरोनाको संक्रमणलाई हामीले रोक्न सक्छौं । सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्न,’ उनले भने ।

प्रकाशित मिति: Aug 16, 2020

प्रतिक्रिया दिनुहोस्