Logo
२० कार्तिक २०८१, मंगलबार
(August 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः तोड्यो संवादहीनताको अवस्था : ओली-मोदीबीच टेलिफोन संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । उनका प्रेस सल्लाहकार सुर्य थापाले खबरको पुष्टि गर्दै सम्वादबारे अन्य थप जानकारी परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्ने बताए ।

भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा ओलीले मोदीसँग कुराकानी गरेका हुन् । नेपाल र भारतबीच सीमा विवाद बढेपछि दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन संवादहीनताको अवस्था थियो ।

परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने नेपालको प्रस्ताव समेत भारतले स्वीकार गरेको थिएन । तर भारतको स्वतन्त्रता दिवसको अवसर पारेर प्रधानमन्त्रीस्तरमा टेलिफोन सम्वाद भएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारतका आफ्ना समकक्षी मोदीलाई भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना समेत व्यक्त गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्वीटमार्फत प्रधानमन्त्री ओलीले नेपाल र नेपालीका तर्फबाट शुभकामना व्यक्त गरेका छन् । उनले लेखेका छन् ।

“प्रधानमन्त्री नरेन्द्र मोदी जी र भारतीय जनतालाई ७४ औँ स्वतन्त्रताको दिवसका अवसरमा बधाई तथा शुभकामना छ।”

साथै स्वतन्त्रता दिवसको अवसरमा भारत र भारतीय जनताको थप प्रगति र उन्नतिको कामना पनि प्रधानमन्त्री ओलीले गरेका छन् ।

 

प्रकाशित मिति: Aug 15, 2020

प्रतिक्रिया दिनुहोस्